प्रेस काउन्सिलले पहिलो अंग्रेजी प्रकाशन, ‘एयर बुक’ बजारमा

प्रेस काउन्सिल नेपालले ५५ औ वार्षिकोत्सवको अवसरमा नेपाली सञ्चार जगतको समग्र वस्तुस्थिति समेट्ने गरी मिडिया एयर बुक प्रकाशन गरेको छ । यो प्रकाशन अंग्रेजी भाषामा छ । नेपाली मिडियाको समग्र अवस्थाबारे अंग्रजी भाषामा आधिकारिक प्रकाशन नभएकाले काउन्सिलले यो पहल गरेको अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।

विशेषत तिव्र रुपमा विकास भईरहेको मिडिया क्षेत्रमा हरेक वर्षका प्रमुख घट्ना, प्रवृति, नीति र कार्यक्रमहरुको विवेचना गर्दै यो वर्ष पुस्तक प्रकाशन भएको हो  नेपालभित्र मात्र नभई अन्तराष्ट्रिय रुपमा नै नेपाल र नेपालको मिडियाबारे चासो राख्नेहरुलाई यो पुस्तक उपयोगी हुनेछ ।

उक्त प्रकाशनको प्रारम्भिक रुपमा राष्टपति रामचन्द्र पौडेलले काउन्सिलको वार्षिकत्वस अवसरमा सार्वजनिक गरेका थिए । शनिबारदेखि भने यसलाई आम जनमानसमा ल्याइएको काउन्सिलले जनाएको छ ।

यो वर्षको एयर बुक संस्करणमा जम्मा १६ वटा लेखहरु प्रकाशित छ । जसमा नेपाली मिडिया क्षेत्रले भोगेका समस्यादेखि, अहिले प्रविधीले पत्रकारिता क्षेत्रमा ल्याएका चुनौती र अवसरहरु, मिथ्या सूचना, अभिव्यक्ति स्वतन्त्रता, टिकटकमाथि प्रतिवन्ध र खुला लगायत विषयमा लेखहरु प्रकाशित भएका छन् ।