काठमाडौं मनसुन बाहिरिएसँगै तापक्रम घटेको हो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रममा छ । ढिलोगरी मनसुन बाहिरिएसँगै तापक्रम घटेको हो ।

आइतबार यहाँको न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, जबकि शनिबार (हिजो) १६.५ डिग्री सेल्सियस थियो ।

समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः घट्ने क्रममा छ । नेपालबाट मनसुन हिजो पूर्ण रूपमा बाहिरिएको हो ।

मौसमविद्का अनुसार मनसुन बाहिरिएसँगै पोस्ट मनसुन सिजन सुरु भएको छ । अब देशभर तापक्रम घट्नेछ ।