कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ। नेपाली कांग्रेसका कोशी प्रदेश सभापतिसमेत रहेका थापामाथि शनिबार दिउँसो आक्रमण भएको हो।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलेका अनुसार दिउँसो शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा उनीमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा हातपात भएको हो।

थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।

पूर्वमुख्यमन्त्री थापाले आफू चढेको बा१झ ६५३ नंको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए । उनले आफूहरु निवास जाँदै गरेको र सुरुङ्गामा आइसकेपछि अपरिचित समूहले उनी चढेको सवारीसाधनलाई रोकेरउनीमाथि हातपात गरेको बताए।