प्रयागराज शहरमा चलिरहेको महाकुम्भको छैटौं दिन बेलुका ४ बजेसम्म २५ लाखभन्दा बढी तीर्थयात्रीले भ्रमण गरेका छन्।
महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा १० लाखभन्दा बढी कल्पवासी र ३५ लाख भक्तजनले स्नान गरेको तथ्याङ्क छ।जनवरी १७ शुक्रबारसम्मको तथ्याङ्कअनुसार हालसम्म ७३ लाखभन्दा बढी तीर्थयात्रीले महाकुम्भ मेलामा दर्शन गरेका छन्।
यो पर्व भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व हो, जुन प्राचीन वैदिक खगोलीय घटनामा आधारित छ। १३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा समापन हुनेछ।
































