काठमाडौं । गायिका बसन्ती लामाको प्रस्तुति रहेको तामाङ सेलो “च्याङ्बाले मग्न आऊने रे” सार्वजनिक भएको छ।
गीतमा चर्चित गीतकार कुमार स्याङ्बाको शब्द रचना, वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको संगीत, र गोबिन्द सोनिको मिक्सिङ रहेको छ।भने उक्त सार्वजनिक म्युजिक भिडियोमा कलाकार अतित ब्लोन र काइरा तामाङले अभिनय गरेका छन्।
भिडियोको निर्देशन र सम्पादन अतित ब्लोनले गरेका हुन् भने छायांकन सन्देश ब्लोनले गरेका छन्। कोरियोग्राफी बरुण तामाङले गरेका छन्, जसले गीतलाई थप आकर्षक बनाएको छ।
गीतको प्रस्तुति बसन्ती लामा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। यस गीतले तामाङ समुदायको छोरी मग्ने परम्परालाई विश्वभर प्रचार गर्ने लक्ष्य लिएको छ।
गीत हाल युट्युब, स्पोटिफाइ, टिकटक, र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।
































