इन्टरनेट देशभर नै समस्या आएको छ

नेपालमा इन्टरनेटमा देशभर नै समस्या आएको छ ।

आइतबार साँझ ८ बजेदेखि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको हो। इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार भारतीय इन्टरनेट कम्पनी एयरटेल डाउन भएको छ ।

इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक,सीजी, डिसहोम, सुबिसु, भायनेटलगायतका सेवामा समस्या देखिएको गुनासो गरिरहेका छन्।