तेस्रो दोलखा महोत्सव– २०८१

दोलखा सदरमुकाम चरिकोटमा मंगलवारबाट तेस्रो दोलखा महोत्सव– २०८१ सुरु भएको छ । फागुन १८ गतेसम्म चल्ने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले गरे।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले बागमती प्रदेशले रोजगारी सिर्जना हुने गरी काम गरिरहेको बताए । मुख्यमन्त्री लामाले दोलखा पर्यटकीय जिल्ला भएको उल्लेख गर्दै  जिल्लाको पर्यटन प्रवर्द्धनको लागि बागमती प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

तेस्रो दोलखा महोत्सव– २०८१ उद्घाटन कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेती, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, प्रहरी निरीक्षक शत्रुघन महतो, पत्रकार दिलसागर केसी र ज्ञानेन्द्र कार्की लगायत १७ जनालाई सम्मानित गरिएको थियो।