प्रजातन्त्र दिवसमा नि:शुल्क स्वास्थ्य शिविर

प्रजातन्त्र दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको “पाठेघरको क्यान्सर स्क्रीनिङ अभियान”अन्तर्गत एक दिने नि:शुल्क स्वास्थ्य शिविर सन्चाल्न गरिएको छ । त्रिशक्ति महिला समूह र त्रि शक्ति कलब  हाडिगाउ ५ काठमाडौँको आयोजना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा बुधबार  नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको  हो।

शिविरमा गाइनो सम्बन्धी (पाठेघरको मुखको क्यान्सर)जाँच,मिर्गौला रोगको जाँच,आँखाको जाँच साथै बल्ड प्रेसर ,सुगर पनि  जाँच गरिएको थियो।

त्रिशक्ति कलबको कार्यालय परिसरमा हाडिगाउमा आयोजित  शिविरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, अधिकांश महिला,  प्रौढ, केही बालबालिका र स्थानीय बासिन्दाहरूको  उपस्थित थियो ।

शिविरमा  ७१८ जनाले स्वास्थ्य जाँच गराएका मध्ये पाठेघरको क्यान्सरको भिआइए जाचमा ९० जना मध्ये ६ जनामा पोजेटिभ सङ्खास्पद देखिएको डा. अब्दुल रहिफले जानकारी दिए। पोजेटिभ देखिएकाहरुको थप परीक्षण गरी  क्यान्सर ठहरिएमा  उपचार गराउनु पर्ने  नर्स सबिना दवाडिले बताइन्।

यस्तै  २६५ जनाको आँखाको  जाँच गरी  नि:शुल्क औषधि  र ५५ वर्ष माथिकालाई  नि:शुल्क चस्मा समेत उपलब्ध गराइएको थियो  ।मृगौलाको  १९० जना र सुगरका १७४ जना बिरामीले जाँच गराएका थिए।