रुस-युक्रेन युद्धबिच कूटनीतिक प्रयास जारी रहँदा पनि आक्रमण रोकिएको छैन।
क्रेमेन्चुकमा युक्रेनकै सबैभन्दा ठुलो तेल प्रशोधन उद्योग रहेको र यसअघि पनि बारम्बार आक्रमणको लक्ष्य बन्ने गरेको छ।
यता, युक्रेनी सुरक्षा निकायले लुहांस्क क्षेत्रमा दुईवटा हतियार भण्डारमाथि आक्रमण गरेको दाबी गरेको छ। उत्तरी सहर चेर्निहीभमा भएको ड्रोन आक्रमणपछि करिब ३० हजार घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ।
यसैबीच, रुसी सञ्चारमाध्यमका अनुसार रुसले युक्रेनका १,००० सैनिकको शव फिर्ता दिएको छ भने बदलामा युक्रेनबाट १९ शव प्राप्त गरेको छ।
































