जेन-जीको प्रदर्शन : युवा मारिएको घटनाप्रति युएनको चासो

काठमाडौँ — जेन-जीको प्रदर्शनमा युवाहरु मारिएका र घाइते भएको घटनाप्रति संयुक्त राष्ट्र (यूएन)को मानवअधिकार कार्यालयले गहिरो चिन्ता व्यक्त गर्दै तत्काल छानबिन गर्न माग गरेको छ ।

सोमबार यूएनकी प्रवक्ता रिवना शामदासनीले सोमबार एक भिडियो नोट जारी गर्दै जेन-जी आन्दोलनमा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै छानबिनको माग गरेकी हुन् ।

भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका युवामाथि भएको दमनमा धेरै उजुरीहरु आएको भन्दै ओएचसीआरले प्रहरीहरुले बेसिक सुरक्षा प्रोटोकल पालना गराउन भिडियो नोटमा भनेको छ ।जारी नोटमा भनिएको छ-‘भ्रष्टाचार र सरकारले हालै गरेको सामाजिक सञ्जालमा प्रतिबन्धको विरुद्धमा युवा संगठनहरूले आयोजना गरेका प्रदर्शनका क्रममा सुरक्षा बलहरूले अनावश्यक वा असमानुपातिक बल प्रयोग गरेको धेरै चिन्ताजनक आरोपहरू हामीले प्राप्त गरेका छौं । हामी अधिकारीहरूलाई शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्न र सुनिश्चित गर्न आग्रह गर्दछौं ।’