काठमाडौँ । मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै १६ जना नेताहरूले संविधानसम्मत ढङ्गले तत्काल अन्तरिम सरकार गठन गर्न धनश्याम भुसाल, सुरेन्द्र प्रसाद पाण्डे, जनार्दन शर्मा, मिनेन्द्र रिजाल, गोकर्ण विष्ट, रामकुमारी झाँक्री, चन्द्र भण्डारी, देवेन्द्र पौडेल, एन.पी. साउँद, राजकिशोर यादव, अमरेश सिँह, सुदन किराती, मिना तामाङ, अमनलाल मोदी, सन्तोष परियार र प्रकाश ज्वालाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संविधानसम्मत ढङ्गले अन्तरिम सरकार गठन गर्न राष्ट्रपति समक्ष माग गरेका हुन्।
नेताहरूले जेनजी आन्दोलनमा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली र घाइतेहरूका लागि स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनले उठाएका नाराहरू सान्दर्भिक रहेको निष्कर्ष निकालेका छन्। साथै, विगतमा जनताको निराशा बुझ्न असफल भएको र दलभित्र लोकतान्त्रिक मूल्य कायम गर्न नसकेको कमजोरी स्वीकार गर्दै क्षमायाचना गरेका छन्।
नेताहरूले सार्वजनिक तथा निजी संरचना र तथ्याङ्क नष्ट गरी भएको ठुलो आर्थिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै यस्तो कठिन परिस्थितिमा राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने संवैधानिक भूमिकामा राष्ट्रपति सक्रिय हुने विश्वास प्रकट गरेका छन्।





























