गृहमन्त्रालयले जारी गरेको निर्देशनप्रति नेपाल बारले आपत्ति

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, लुटपाट जस्ता घटनामाथि अनुुसन्धान नगर्न गृहमन्त्रालयले जारी गरेको निर्देशनप्रति नेपाल बारले आपत्ति जनाएको छ।

बारले आइतबार विज्ञप्ति जारी गर्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको क्षेत्राधिकार भन्दै प्रहरीलाई घटनामाथि अनुसन्धान नगर्न दिएको निर्देशनले देशलाई थप संकटमा लैजाने दाबी गरेको हो।

उनले भनेका छन्, ‘गृह मन्त्रालयको उक्त विज्ञप्तिले फौजदारी न्याय प्रणालीलाई गम्भीर रूपमा कमजोर पार्ने, दण्डहीनतालाई प्रोत्साहन गर्ने र यसबाट हिंसालाई थप प्रश्रय मिल्ने स्पष्ट संकेत देखाएको छ। जेनजी पुस्ताको प्रदर्शनका क्रममा स्वार्थ समुहद्वारा नियोजित तरिकाले गरिएको आपराधिक क्रियाकलापको अधिकार सम्पन्न निकायबाट हुनुपर्ने अनुसन्धानलाई रोक्ने गरी गृह प्रशासनबाट आएको सूचना मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को व्यवस्था विपरीत छ ।’

बारले दण्डहिनतालाई प्रोत्साहन गर्ने निर्णयय तत्काल सच्याउन माग गरेको छ।