मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई स्पष्ट सन्देश दिएका छन्। उनले भने, ‘मेरो कुरा तपाईंलाई मन पर्छ भने भोट दिनुहोस्, मन पर्दैन भने नदिनुहोस्। म केही वाचा गर्दिन, सकेको कुरा गर्छु।’

पुनले आफ्नो व्यक्तिगत फाइदा वा स्वार्थका लागि काम नगरेको पनि बताएका छन्। उनले मतदातालाई सिधा सम्बोधन गर्दै भने, ‘मलाई अरुसँग तुलना नगर्नुहोस्। पर्चा लिनुहोस्, साथीभाइलाई पनि दिनुहोस्। मलाई विश्वास लाग्छ भने भोट दिनुहोस्, नलागे अर्को उम्मेदवारलाई भोट दिनुहोस्।’

उनले स्पष्ट पारे कि सांसद बन्नु मात्र उनको लक्ष्य होइन। ‘म सांसद बनेपनि काम गर्छु, नबने पनि काम गर्छु। गाउँको समस्याहरू निर्वाचित भएपछि सम्बोधन गरिन्छ। म कुनै झूटो आश्वासन वा पैसा खुवाएर भोट माग्ने मान्छे होइन,’ उनले भने।

महावीर पुनले आफ्नो अभियानमा पारदर्शिता र इमान्दारीलाई प्राथमिकता दिएको उल्लेख गर्दै मतदातालाई सोचविचारपूर्वक मतदान गर्न आग्रह गरेका छन्।