स्कटल्यान्डसँगको जित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले मुम्बईमा उपस्थित भएर उत्साह भरेको भन्दै समर्थकलाई धन्यवाद दिएका छन् ।
स्कटल्यान्डसँगको जितपछिको कुराकानीमा उनले समर्थकहरूलाई धन्यवाद व्यक्त गरेका हुन् । “हामीले यसअघिका खेल हारे पनि मुम्बईमा समर्थनका लागि उपस्थित हुँदै उत्साह भर्नुभएका समर्थकहरूलाई धन्यवाद भन्न चाहान्छु,’’ उनले भने ।

पहिलो जितमा आफू निकै खुसी रहेको उनले बताए । आफूहरूले विश्वकपका खेलबाट धेरै सिकेको र निकै अनुभव बटुलेको उनले बताए । ’’स्कटल्यान्डले दिएको लक्ष्य पछ्याउनु हाम्रो लागि धेरै सिकाइ र अनुभवको विषय रह्यो । पहिलो जितमा हामी निकै खुसी छौँ,’’ उनले भने ।

दीपेन्द्रले यस खेलमा कीर्तिमानी प्रदर्शन गरेका छन् । उनले २३ बलमा अर्धशतक प्रहार गरे । यसअघि वेस्ट इन्डिजसँगको खेलमा पनि उनले अर्धशतकीय पारी खेलेका थिए ।