काठमाडौँ। काठमाडौं महानगरपालिकाले उपत्यकामा वायु प्रदूषण बढिरहेकाले सचेत रहन आग्रह गरेको छ।
कामपा वातावरण विभागले वायु गुणस्तर निगरानीका लागि जडान गरिएको यन्त्रले वायुको गुणस्तर १५० भन्दा बढी देखाएकाले सचेत रहन आग्रह गरेको हो।
विभाग प्रमुख सरिता राईले वायु प्रदूषण हुनुको मुख्य कारण सवारी साधनबाट निस्कने धुँवा, सडक तथा अन्य निर्माण गतिविधि भएकाले वायु प्रदूषण गर्ने गतिविधि कम गर्न आग्रह गरिन्।
वायु प्रदूषण हुँदा बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी तथा दीर्घरोग लागेका बिरामी बढी जोखिममा पर्ने भएकाले थप सचेत रहन पनि कामपाले आग्रह गरेको छ।
































