जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक

काठमाडौं : गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट संकलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरेको हो।

आन्दोलनमा देशभरिका ९९ अस्पतालमा दुई हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाएको छ। गत असोज ३१ गते दुई हजार ५२२, गत माघ ४ गते ७७ र यही फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको मन्त्रालयले जनाएको छ।

सबैभन्दा धेरै चार सय ५८ जना घाइतेको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार गरिएको छ। यस्तै, नेपाल पुलिस अस्पतालमा दुई सय तीन, राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ९० र त्रिवि शिक्षण अस्पतालमा एक सय आठ जनाको उपचार भएको थियो।