काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट एक जना पक्राउ परेका छन् ।
दुवाकोटको बारूदखाना चोकस्थित किराना पसल सञ्चालक ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
















