काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी ओली नेतृत्वको टोलीले ७५१ मागहरू, समस्या समाधानका उपायसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।
आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले प्राप्त मागहरू कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।