काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।
आज एपीएफ र त्रिभुवन आर्मी, बागमती र गण्डकी प्रदेश तथा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत एपीएफ र आर्मीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदान खेल हुने छ ।
यस्तै, बागमती प्रदेश र गण्डकी प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान हुनेछ । यसैगरी, काठमाडौँको मूलपानी क्रिकेट मैदानमा कर्णाली र कोशी प्रदेश भिड्ने छन् ।