यू–१९ विश्वकप क्रिकेट : न्यूजिल्याण्डसँग नेपाल भिड्दै

काठमाडौं। आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज (आइतबार) पहिलो खेल न्यूजिल्याण्डसँग खेल्ने भएको छ।

नेपाल र न्यूजिल्याण्डको खेल नेपाली समयानुसार आइतबार दिउँसो १स्४५ बजे सुरु हुनेछ। ८ वर्षपछि १९ वर्ष मुनिको विश्वकप खेल्न लागेको नेपाल न्यूजिल्याण्डविरुद्धको अपराजित यात्रालाई कायम गर्ने लक्ष्यका साथ खेल्ने छ।

यू-१९ विश्वकपमा यसअघि न्यूजिल्याण्डविरुद्ध २ पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ। नेपालले सन् २००६ मा भएको विश्वकपमा १ विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्यूजिल्याण्डलाई हराएको थियो। नेपाल सन् २०१६ पछि विश्वकप खेल्न लागेको हो।