वीर अस्पतालको बजेट नरोक्न सर्वोच्चको आदेश

काठमाडौं। वीर अस्पतालको बजेट नरोक्न सरकारमा नाममा
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र वालकृष्ण ढकालको शुक्रबारको इजलासले वीर अस्पतालको बजेट नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चले अर्थ मन्त्रालयलाई बजेटको व्यवस्थापन गर्न भनेको छ। यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बजेट अभाव हुन नदिने गरी व्यवस्थापन गर्न भनेको छ। अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।