काठमाडौं । नेपाली कथानक चलचित्र ‘दान्भी’ शुक्रबार असार ७ गते रिलीज भएको छ । पूजा शर्मा स्टारर एक्सनपूर्ण चलचित्र हो।
पूजासँगै चलचित्रमा कुन्साङ बोन्जन मुख्य भूमिकामा छन् फिल्मलाई रूपेश तामाङले निर्देशन गर्नुभएको हो भने देव मगर र अनुप गडाल निर्माता हुनुहुन्छ ।
फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन छ ।
चलचित्रका कलाकार अनुप बोहराले दानवीले राम्रो व्यावसायिक सफलता पाउने बताउनुभएको छ।
डाईरेक्टर रुपेश तामाङ द्वारा ‘दान्भी’ को सफलताको विश्वास गरिएको छ ।


























