काठमाडौं। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिवको जिम्मेवारी दिएको छ।
मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कामु मुख्य सचिवको जिम्मा दिएको हो।
निलम्बित मुख्यसचि वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका थिए ।