एजेन्सी । रूसको सीमावर्ती सहर बेलगोरोडमा भएको गोलाबारीमा कम्तीमा दुई बालबालिकाको मृत्यु भएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताएका छन् ।
युक्रेनी सशस्त्र बलहरूले बेलगोरोडको केन्द्रमा गोलाबारी गरेका थिए । प्रारम्भिक जानकारीअनुसार दुई बालबालिकाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ ।
आक्रमणको क्रममा आवासीय बस्तीहरू पनि प्रभावित भएका छन् । सबै बासिन्दाहरूलाई शरण लिन आग्रह गर्न मिसाइल आक्रमणको अलार्म बजाइएको छ ।