मुम्बईको कारखानामा आगलागी, ६ जनाको मृत्यु

एजेन्सी। भारतको महाराष्ट्रस्थित छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी ६ जनाको मृत्यु भएको छ ।

छत्रपति संभाजी नगरमा रहेको पञ्जा बनाउने कारखानामा आज बिहान भीषण आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

यस घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रखाना बन्द रहेको र कामदार सुतिरहेको समयमा आगो लागेको बताइएको छ । आगलागीको यकिन कारण भने खुल्न सकेको छैन ।