चीनको एक सपिङ सेन्टरमा आगलागी, १६ जनाको मृत्यु

एजेन्सी । चीनमा एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ।

बुधबार साँझ चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको जिगोंग सहरस्थित १४ तले भवनमा रहेको सपिङ मलमा आगलागी भएको हो।

आगो लाग्नसाथ ३ सय भन्दा बढी उद्धारकर्ताहरू अग्निनियन्त्रक यन्त्रसहित उपस्थित भएर आगो नियन्त्रणमा लिएका थिए।

त्यसका बाबजुद १६ जनाको मृत्य भएको र ३० जना घाइते भएको त्यहाँको सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। आगलागीको कारण अझै खुलेको छैन भने उद्धारको कार्य गएराति नै सकिएको छ।

अहिले क्षति संकलन र आगलागीको कारणबारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।