काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंको राष्ट्रियसभा गृह भवन परिसर डुबानमा परेको छ ।
पानी निकासको ठाउँ नभएपछि राष्ट्रियसभा भवन डुबानमा परेको हो । अहिले २ वटा मोटर प्रयोग गरेर पानी फाल्ने काम भइरहेको छ ।
जनताको घरबस्ती डुबानमा पर्दा जोखिम मुक्त बनाउने काठमाडौं महानगरपालिका आफैँ डुवानमा परेको छ ।