रुसी सेनाले मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको पहिलो आक्रमण हुनेछ ।
स्थानीय समयानुसार बिहान ०३ः२५ बजे शत्रुले ब्रयान्स्क क्षेत्रमा छ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । पुष्टि गरिएको तथ्याङ्कअनुसार अमेरिकामा निर्मित एटिएसिएमएस सामरिक क्षेप्यास्त्र क्षेप्यास्त्र प्रयोग गरिएको थियो सैन्य मन्त्रालयले एक बयानमा भनेको छ ।
युक्रेनले महिनौँदेखि वासिङ्टनलाई रूसी क्षेत्रमा रहेका स्थलहरूमा प्रहार गर्न लामो दूरीको एटिएसिएमएस क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो ।