काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त कुँवरले मन्त्रीको सवार भएपछि बालकुमारीमा घटना भएको बताएका छन् ।
सोमबार बिहान राज्य व्यवस्था समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आईजीपी कुँवरले मन्त्री गएकोले दुखद् घटना भएको बताएका हुन् । कुँवरले भने, ुमन्त्रीको गाडी आएपछि अवस्था बिग्रेको हो। त्यो गाडी त्यहाँ नआएको भए यो घटना हुने थिएन।ु
प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखिएको कुँवरले बताए।
कुँवरले प्रहरीसँग साधनस्रोतको कमी रहेको र त्यसको व्यवस्थापन हुनु पर्नेमा जोड दिए। गत शुक्रबार बालकुमारीमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा २ जना युवाको मृत्यु भएको थियो।