निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि सिके राउत पक्राउ

काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरे पछि जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन्।

धोती दिवस मनाउन माइतीघर पुगेका अध्यक्ष राउतसहित कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

बबरमहलबाट माईतिघर तर्फजाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बिपी साहले बताए। मधेसी समुदायले अंग्रेजी नयाँ बर्ष अर्थात् जनवरी १ मा हरेक पटक धोती दिवस मनाउँदै आएका छन्।