काठमाडौं । रुसी सेनामा कार्यरत थप तीन जना नेपालीको मृत्यु भएको छ। रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलवार जनाएको हो।
स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ।