काठमाडौं। आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक एकैपटक बस्ने भएको हो। बैठक आज बिहान साढे ११ बजे बस्दै छ।
आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुने भएको छ ।
त्यस्तै, बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल शिक्षक महासङ्घसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, सार्वजनिक लेखा समितिको दिउँसो १ बजे बस्ने बैठकमा समितिगत विषयमा छलफल हुने भएको छ ।