काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यू आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । मृतक साहको शव अझै घटनास्थलमै छ ।
पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन्