काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनःदरखास्त आह्वान भएको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ।
इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरेर समितिले पुनस् नयाँ सूचना जारी गरेको हो ।