काठमाडौं । यति एयरलाइन्सले क्यान्सरका बिरामीलाई हवाई टिकट निस्शुल्क दिने भएको छ।
उपचारका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटल ९बिराट क्यान्सर इन्स्टिच्युट०मा जाने क्यान्सरका बिरामीहरूलाई यतिले निःशुल्क हवाई टिकट प्रदान गर्ने जनाएको छ ।
निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजातसहित बिराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नु पर्नेछ।






















