शेर्पा समुदायको ग्याल्पो ल्होसार

काठमाडौं । आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्।सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।

ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो। नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५१ औँ ग्याल्पो ल्होसार आज बाघ वर्षलाई बिदाइ गरी खरायो वर्षलाई स्वागत गर्छन्। ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरेर भव्यरुपमा मनाउने परम्परा शेर्पा समुदायमा छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो।