काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैँछ ।बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
यसैगरी, अर्थमन्त्री बर्षमान पुनले ‘भन्सार बिधेयक २०८० माथी बिचार गरियोस’ प्रस्तुत गर्नेछन् ।