कथाकार प्रधानको निधन

काठमाडौं। कथाकार परशु प्रधानको निधन भएको छ। उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए। कथाकार प्रधान ८० वर्षको भएका थिए ।

स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए।

स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।