साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं । सत्तारुढ दलहरूले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएकोे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दिउँसो २ बजे सत्तारुढ दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि आज सार्वजनिक हुन लागेको हो ।

गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।