जनकपुरधाम। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रजातन्त्रकै उपहास रहेको भन्दै जनकपुरधामका युवाहरु मध्यरातमा सडकमा विरोध प्रदर्शन गरेका छन् ।
जनकपुरधामको महावीर चोकमा युवाहरुले टायर बालेर विरोध प्रदर्शन गर्दै गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी लगाएका थिए । प्रदर्शनको क्रममा युवाहरुले गृहमन्त्री लामिछानेको राजिनामाको माग समेत गरेका छन् ।
२०६२/६३ सालको जन आन्दोलनको अगुवाई गरेको कान्तिपुर मिडियालाई नियोजित रुपमा रिसिईबीका कारण घेराबन्दीमा पार्न खोजिनु लोकतन्त्र माथिकै प्रहार भएको प्रदर्शनकारीको भनाइ छ । नागरिकता सम्बन्धी कसुरमा प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुर पब्लिकेशनबाटै पक्राउ गरी राति नै जनकपुर लगेको थियो ।