कान्तिपुरका अध्यक्ष सिरोहिया प्रहरीको हिरासतमा

धनुषा। दोहोरो नागरिकताको अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा राखेको छ ।

काठमाडौंबाट मंगलबार पक्राउ गरेर धनुषा ल्याएपछि सिरोहियालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको हो ।

धनुषा जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धानका लागि मंगलबार कान्तिपुरको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट पक्राउ गरेर धनुषा ल्याएको हो ।

सिरोहिया पक्राउ परेको विरोधमा बुधबार बिहान रातिदेखि नै धनुषामा प्रदर्शन भइरहेको छ ।