भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं। कैलालीको घोडाघोडी बस्ने मोहन बहादुर खत्रीलाई भरुवा बन्दुक ३ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । त्यस्तै पाल्पाको रैनादेवी छहरा बस्ने ईश्‍वर कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईश्वरले सोमबार राति जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने टोप बहादुर कुमाल घाइते भएको भन्ने सुचना पाउनसाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले ईश्‍वरको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।