सबै फोहोर बालेन शाहको घर अगाडि थुपारौं : अमरेश

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सबै फोहोर काठमाडौं महानगरका मेयर बालेन शाहको घर अगाडि थुपार्न पर्ने बताएका छन् ।

आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका हुन्।

सांसद सिंहले महागरका मेयरकै शैलीमा सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपार्न आग्रह समेत गरे ।