सर्लाही। सर्लाहीमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा केही घाइते भएका छन् ।
रूपन्देहीबाट जनकपुरतर्फ आइरहेको बसले चोकमा रोकेर राखेको लरीमा बस ठोक्किँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बसमा ४० जना सवार थिए ।दुर्घटनामा रूपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, दशरथ कोहार र रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।


























