हेटौँडा। बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमाथि छलफल सुरु हुनेछ ।
असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमाथि छलफल हुने छ।
यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए ।