योग कुनै धर्मसँग हैन, मानव स्वास्थ्यसँग सम्बन्धित छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले योग कुनै धर्मसँग नभई मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित रहेको बताएका छन्।

योग दिवसका अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले योगले शारीरिक, मानसिक स्वस्थताका साथै पवित्र आचरणका लागी मार्ग निर्देशन गर्ने भएकाले यो कुनै धर्मसँग सम्बन्धित नरहेको बताएका हुन् ।

उनले योगलाई विश्वव्यापीकरण गर्नुपर्ने र यसका लागि धेरै अन्तर्राष्ट्रिय क्षेत्रबाट पहल भइरहेको बताए ।