नयाँ दलले पुराना राजनीतिक दललाई सम्मान गरेनन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दलले पुराना दलहरूलाई सम्मान नगरेको बताएका छन् ।

काठमाडौंमा नेपाल बुद्धिजीवि संगठनले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पार्टीहरूले दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ दलहरूले पुराना दलहरुलाई अपमान गरिरहेको आरोप लगाएका हुन्।

पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको प्रधानमन्त्री प्रचण्डले बताए। उनले नयाँ दलले पुरानालाई सम्मान गर्नुपर्ने पनि बताए।