काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ ।
सौर्य एयरको दुर्घटनाग्रस्त जहाजमा सवार १९ मध्ये १३ को घटनास्थलमै मृत्यु भएको भने बाँकी पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जहाजका पाइलट मनिष शाक्यको जीवितै उद्धार गरिएको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
पाटन निवासी ललितपुर नख्खु घर भएका ३७ वर्षीय पाइलट शाक्यलाई साडे ११ बजे अस्पताल ल्याइएको थियो । विमान ११ः १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थलमा दुर्घटना परेको थियो ।
जहाजमा पोखरामा जहाज मर्मतका लागि हिँडेका सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरूको टोली थियो ।


























