विमानस्थल भन्सारमा सशस्त्र प्रहरी खटाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिए।

पछिल्लोपटक विभिन्न समयमा विमानस्थलबाट अवैध सुन भित्रिरहेको र सुरक्षा कमजोरी रहेको सरोकारवाला निकायहरूले बताउँदै आएका थिए।