वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिने भन्दै ठगी, एक जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीका् लागि रोमानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने सुर्खेत घर भई नयाँ बानेश्वर बस्ने सुरेश राना पक्राउ परेका छन् ।
रानाले नवराज मल्ललाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु, त्यसको लागि ७ लाख लाग्छ र रोमानिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम हुने रमासिक ८० हजार तलब हुन्छ भन्दै पटक पटक गरी २ लाख ६० हजार ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले रानालाई सिनामंगलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।